Khabar Samachar

काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँशाखा

204
VIEWS

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवाविस्तार गर्ने क्रममामिति २०७९ असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँशाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्यप्रा.डा. गिताप्रधानज्यू र असन, वडा नं. २५ का वडा अध्यक्षश्री राजेश डंगोलज्यूले असनशाखाको संयुक्त रुपमासमुद्घाटन गरी सेवाशुभारम्भ गर्नु भएको छ । उक्तकार्यक्रममाबैंककाअध्यक्ष राजेशकुमार श्रेष्ठज्यू, बैंककाप्रमुखकार्यकारी अधिकृत श्री मनोज न्यौपानेलगायत बैंक उच्चव्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । असनशाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।
२०७८ चैत्रमसान्तसम्ममाबैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाखखुदमुनाफाआर्जन गर्न सफलभएकोछ ।
देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । बैंकको कुलशाखा संख्या १४५पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित