Khabar Samachar

संकटमा एकीकृत समाजवादी, १० सांसदले बुझाए पत्र

207
VIEWS

सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने सहमति सँगै एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको छ । त्यस निर्णयले गर्दा पार्टि भित्र मतभेदको  समस्या भएको छ।

सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको थियो।

त्यस मतभेदले पार्टीमा गम्भीर समस्या भएको छ।

स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताए।

‘हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँ,’ मन्त्री खतिवडाले नेपालखबरसँग भने, ‘हाम्रो दर्ता नम्बर १७ हो।’

खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।

एकीकृत समाजवादीका १० सांसदले उठाएको ८ बुँदे माग:

१) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न। 

२) पूर्व जानकारी पाउँदा स्वfभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन। 

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै/भोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

४) मन्त्रीहरुले संसद्‌मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं। 

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं। 

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

७) मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं। 

हाल संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित