Khabar Samachar

पदाधिकारी चयनगर्ने जिम्मा प्रचण्डलाई

203
VIEWS

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुले पार्टीको पदाधिकारीसहित बाँकी रहेका कमिटीहरु टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले बुधबारको केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने जानकारी दिएका थिए।

बुधबारको बैठकले १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको चयन गर्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए।

‘स्थायी कमिटी र पोलिटब्युरोमा रहने व्यक्तिबारे सामान्य छलफल भयो तर पदाधिकारीबारे भएन,’ उनले भने,’भोलिको बैठकमा अध्यक्षले पेश गर्नुहुन्छ। त्यसपछि थप छलफल हुन्छ।’

माओवादी केन्द्रमा कति पदाधिकारी रहने अझै टुंगो लागिसकेको छैन। गत पुसमा भएको आठौं महाधिवेशनले पदाधिकारीको संख्या र चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो। गत फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न सकेको थिएन।

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो । छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ । प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन् । आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् । यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउन छलफल गरिरहेका छन् । प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित