Skip to main content

Khabar Samachar

Search
Close this search box.

सर्वोच्चको आदेशपछि नेवानिका कार्यकारी अध्यक्ष अधिकारी काममा फर्किए

212
VIEWS

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।

सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको हो ।

शुक्रबार काममा फर्किएका कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित