श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंहले राजीनामा दिने तयारीमा रहेको बताइएको छ। शनिबार दिउँसो सरकार विरोधी प्रदर्शनकारी राष्ट्रपति गोटाबाय राजापाक्षको सरकारी आवासमा प्र्रवेश गरेपछि प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए।
प्रधानमन्त्री विक्रमसिंघे राजीनामा दिन तयार भएका छन्। उनले सर्वदलीय सरकार निर्माणका लागि सहज होस् भनेर आफू राजीनामा दिन तयार भएको बताएका छन्।
यस्तै, श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसुर्याले पनि शनिबार भएको प्रर्दशनमा भाग लिएका थिए। उनले प्रर्दशनकारीसँगैको आफ्नो केही तस्विर सामाजिक सञ्जाल टुइटरमा सार्वजनिक गरेका छन्।
बीबीसी हिन्दीबाट
Discussion about this post