Khabar Samachar

Search
Close this search box.

संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्रीद्वय

206
VIEWS

राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आग्रह गरेका हुन्।

‘संवैधानिक परिषदसम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत थियो भनेका थियौं। हिजो गलत भनेका विषयलाई अहिले सही भनेर अघि बढाउन सकिन्न। त्यो विधेयक फिर्ता हुन्छ,’ महामन्त्री थापाले भने।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले यस कुरालाई गम्भिर तरिकाले लिएको बताउँदै उनले भने, ‘आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ ।’

अर्का महामन्त्री शर्माले ओलीका पालामा पनि त्यस्तै विधेयक आएकोमा विरोध गरिएको र अहिले पनि विरोध गरिने बताएका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा हामी शतप्रतिशत प्रष्ट छौं,’ शर्माले भने, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ।’

उनले संवैधानिक परिषदसम्बन्धी विधेयक कसको सल्लाहमा लगिएको हो भन्ने प्रश्न पनि सभापति देउवासँग गरेका छन्। ‘कसको सल्लाहमा यस्तो विधेयक लगिन्छ? प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरूरी छ,’ शर्माले भने।

संवैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ। हाल उपभामुख पद रिक्त छ। सरकारले ल्याएको विधेयकअनुसार अब तीन जना भए मात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ। यो विधेयकलाई कांग्रेसकै नेताहरूले विरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित