Khabar Samachar

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घे श्रीलंकाका कार्यवाहक राष्ट्रपति

215
VIEWS

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे परिवारसहित देश छोडेर भागेसँगै श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घे श्रीलंकाका कार्यवाहक राष्ट्रपति बनेका छन् ।

श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ।

विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालय जम्मा भएका छन्। उनीहरूले विक्रमासिंघेको राजीनामा मागिरहेका छन्। प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई  पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।

श्रीलंकाको संविधानको धारा ३७ को उपधारा (१) बमोजिम रानिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको अबेवर्देनाको भनाइ छ ।मंगलबार राति श्रीलंकाका राष्ट्रपति गोटाबाया परिवारसहित देश छोडेर माल्दिभ्स पुगेसँगै हाल श्रीलंकामा आर्थिक संकट सँगसँगै राजनैतिक संकटको अवस्था देखापरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित