Khabar Samachar

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

212
VIEWS

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा दिएका बीबीसीले जनाएको छ ।

यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर भागेका थिए

गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् ।देशका आर्थिक संकट बढेपछि प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित