Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा गृहमन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत

273
VIEWS

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा गृहमन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । संगठनले महिला अधिकार, महिला हिंसा र सुरक्षासम्बन्धी विभिन्न मागसहित पत्र बुझाएको हो ।ज्ञापनपत्रमा यस्ता घटनाका दोषीहरूलाई कारबाही गर्न रपीडितलाई न्यायको माग गरिएको छ ।

 

संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीको पनि उपस्थिति रहेको थियो । राप्रपा र भ्रातृ संगठन असार १३ देखि विभिन्न सरोकारका माग लिएर आन्दोलनरत छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित