Khabar Samachar

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

207
VIEWS

पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित