Khabar Samachar

आत्यबश्यक शल्यक्रिया सामाग्री नहुँदा गंगालालमा सेवा प्रभाबित

221
VIEWS

आत्यबश्यक शल्यक्रिया सामाग्री नहुँदा गंगालालमा सेवा प्रभाबित भएकोमा छ । हदृयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन् ।

‘गंगागाल अस्पतालमा मात्रै मुटुको शल्यक्रिया रोकिएको होइन । नेपालमा अन्य अस्पतालमा पनि रोकिएको छ,’ निर्देशक डा. चन्द्रमणि अधिकारीले  भने,नेपाल तथा भारतमा पनि अक्सिजेनेटरको सर्टेज छ ।’

अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ ।
मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ ।

डा . अधिकारीका अनुसार दैनिक अस्पतालले ६ देखि ८ वटा मुटुको शल्यक्रिया गर्दै आएको छ । गत असारमा १९५ वटा मुटुको शल्यक्रिया गरेको थियो । बच्चाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा मौज्दात छ । अक्सिजेनेटर ओपन हार्ट सर्जरीमा प्रयोग हुन्छ ।

‘बच्चाका लागि प्रयोग गरिने अक्सिजेनेटर छ । तर, युवाका लागि प्रयोग हुने अक्सिजेनेटर नभएका कारण सेवा बन्द गर्नुपर्यो,’ डा. अधिकारी भन्छन्,’ तर, इमरजेन्सीका लागि केही मात्रै स्टकमा छ ।’

चिकित्सकका अनुसार अक्सिजेनेटर उपकरण एक बिरामीमा एक पटक मात्र प्रयोग गरिन्छ । यो उपकरणको मूल्य ५० हजारसम्म पर्छ ।

‘हामीले चैतमा नै अर्डर गरिसकेका थियौं । तर, ग्बोल सर्टेजको कारण यो अवस्था आयो । मेरो स्तरबाट ल्याउन सकिन । स्वास्थ्य मन्त्रालय तथा नेपालमा नाम चलेको अन्य डाक्टरले कदम चाल्दा चाडैं ल्याउन सकिन्थो होला नि !,’ डा. अधिकारी दाबी गर्छन्, ‘ल्याउन सकिने अवस्था छैन । त्यो कुरा सबैले बुझ्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित