Khabar Samachar

डा बाबुराम भट्टराईको नयाँ दल दर्ता “नेपाल समाजवादी पार्टी “

355
VIEWS

डा बाबुराम भट्टराईको नयाँ दल दर्ता भएको छ। बिहीबार नेपाल समाजवादी पार्टी नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको हो।

भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार निर्वाचन आयोगमा पहिल्यै समावेशी लोकतान्त्रिक पार्टी दर्ता थियो। त्यसलाई अध्यावधिका लागि केही समयअघि निवेदन दिइएको थियो। सोही अनुसार नयाँ दल दर्ता भएको हो।

आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको जानकारी दिएको छ। उक्त दलको चुनाव चिह्न आँखालाई पनि अद्यावधि गरेको पाण्डेले जानकारी दिए।

अध्यक्ष र पदाधिकारीको गठन भने पार्टीको बैठकबाट टुंगो लाग्ने पाण्डेले बताएका छन्। यता निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले निर्वाचनमा आयोगमा दलहरु अध्यावधि गर्ने काम भइरहने र बिहीबार नयाँ दलको अध्यावधि गरेको भए पनि बाबुराम भट्टराईको नाम उल्लेख नभएको जानकारी दिए।

यद्यपि अद्यावधिक पार्टी अध्यक्षमा बाबुरामको नाम छैन। आयोग स्रोतका अनुसार पुरानै अध्यक्ष दीपक लामिछाने कायम छन्। जसमा २१ सदस्यीय कार्यसमिति छ। चुनाव चिह्न एउटा खुलेको आँखा रहेको छ।

अद्यावधिक गर्ने क्रममा झण्डाको रंग केही परिवर्तन गरिएको छ। त्यस्तै पार्टीको छापमा पनि थोरै फेरबदल गरिएको छ।

नाम अद्यावधिक गर्न दिइएको निवेदन आयोगले स्वीकृत गरेपछि अब जसपाबाट कारबाहीमा परेको बाबुराम समूहले नयाँ दल अघि बढाउने पक्का भएको छ।

आयोगले यसअघि दर्ता समावेशी लोकतान्त्रिक पार्टीको नाम भट्टराई समूहको आग्रहमा फेरेर नेपाल समाजवादी पार्टी बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित