Khabar Samachar

कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउँदादेखि मुलुक गलत बाटोमा गयो- सिंह

212
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।

२०४६ पछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा गएको उनको भनाइ थियो ।

शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख गरे ।

राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेसमेत बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत उनको भनाइ छ ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नको विकल्प नरहेको बताउँदै उनले राजनीतिक दलहरुले जिम्मेवार बनेर आगामी चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित