Khabar Samachar

पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि

203
VIEWS

पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित