Khabar Samachar

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

232
VIEWS

भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे ६ रेक्टर स्केलको भुकम्प गएको हो। भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हलाएकाे भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद काेइरालाले बताए ।

मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ। भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो। त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। खोटाङ प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित