Khabar Samachar

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने

204
VIEWS

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

राजीनामापछि पनि अर्थमन्त्री नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि उनैलाई फर्काउने पूर्व समझदारीअनुरुप नै रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

माओवादी स्थायी कमिटी बैठकबाट जनार्दनलाई पुनः अर्थमन्त्री बनाउने निर्णय हुने बताइएको छ । सोही निर्णयका आधारमा प्रचण्डले प्रधानमन्त्रीलाई नाम दिएपछि सपथग्रहण हुनेछ । राष्ट्रपति कार्यालयले भने सपथग्रहणको खबर नआएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित