Khabar Samachar

गाली खान तयार छौं, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौं: मेयर बालेन्द्र

206
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनसहितका काम विस्तारै गर्दै जाने बताएका छन्। काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ ।

पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् । उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए । काठमाडौंले गरेका गल्ती नदोहोर्‍याउन अन्य महानगरलाई उनले आग्रह गरे ।

सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गरे । अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले फोहोर व्यवस्थापन पनि हतारमा नगर्ने बताए। ‘हामीले मलका रुपमा फोहोरलाई व्यवस्थापन गर्न सक्थ्यौँ। नेपालले मलमा पनि आत्मनिर्भर हुनुपर्छ’, उनले भने, ‘हामीले अहिले फोहोर व्यवस्थापनमा हतार गरेका छैनौँ। फोहोर व्यवस्थापनमा हतार गर्दैनौँ। अहिलेसम्म फोहोर किन व्यवस्थापन नभएको भन्ने कुरा छ। तर हामी यसलाई दीर्घकालीन योजनासहित मिलाउँछौँ।’

शाहले तत्कालै २/५ अर्ब खर्चेर मेसिन ल्याउन सकिए पनि फोहोर व्यवस्थापन तुरुन्तैलाई  नभइ ३०/५० वर्षसम्म दीगो हुने फोहोर व्यवस्थापन गर्ने योजनामा महानगर रहेको बताए।

‘हामीले हरेक महिनाको हरेक सोमबार महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणसँग छलफल गर्छौँ। अब हामीले आत्तिएर पैसा खर्च गर्दैनौँ’, उनले भने, ‘२५ अर्बको बजेट व्यवस्थितरुपमा खर्च गर्छौँ। काम नदेखियोस् तर ५०/१०० वर्षका लागि हुने गरी काम गर्ने दिशामा छौँ।’

साहले भने ‘हाम्रोमा विजुली जति पनि छ । बायोग्यासको प्रभावकारीता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो । यसमा हामी हतार गर्ने पक्षमा छैनौं ।’

उनले थपे, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दिर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०/५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली नगररुन् ।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।

‘अहिले पनि तुरुन्तै दुई/पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, त्यो दिगो समाधान होइन ।’

काठमाडौं महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उनको भनाइ छ ।

‘काठमाडौं महानगरबाट सिक्नुपर्ने भनेको एउटा सानो काम छ । हामीले हरेक महिनाको सोमबार काठमाडौं महानगरपालिका, सडक विभाग, विद्युत प्राधिकरण, बागमती सभ्यतालगायत जति पनि निकाय छन्, उहाँहरु सबैलाई राखेर मिटिङ गर्छाैं । सहकार्य गर्छौैं । उहाँहरुको बार्षिक बजेट के–के छ भन्ने हेरेर नदोरिने गरी काम गर्छौं ।’

एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए ।

मेयर साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस् । हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिइकन गछौ । हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौं । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित