गएरातिको बर्षाले नुवाकोट क्षेत्र नं १ मा बाढी र पहिरोबाट व्यापक क्षति, कांग्रेस प्रवक्ता डा. महतद्धारा उद्धार, राहत र क्षतिपूर्तिको अनुरोध

206
VIEWS

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतज्यूले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।” कांग्रेस प्रवक्ता महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ । पूर्वमन्त्री डा.महतले भन्नुभएको छ,“जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।” उहाँले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । कांग्रेस प्रवक्ता डा.महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक,पुल,खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिध्र मर्मत,संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित