Khabar Samachar

बरु संविधान संशोधन गरेरै सर्वोच्चलाई नक्सा पासको अधिकार दिऊँ – मेयर बालेन्द्र (बालेन) साह

223
VIEWS

सर्वोच्च अदालतले नर्भिक अस्पतालका पक्षमा अन्तरिम आदेश जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतप्रति कटाक्ष गरेका छन्। सर्वोच्चले तत्काल संरचना नहटाउन आदेश दिँदै छलफलमा बोलाएपछि मेयर बालेन्द्र शाहले भने सर्वोच्च प्रति असन्तुष्टि जनाएका छन्।

सर्वोच्चले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शाहले अदालतको आदेशप्रति टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नक्सापास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोेच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित