Khabar Samachar

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

204
VIEWS

चीनले बुधबारदेखि एकतर्फि रुपमा नेपालसँग जोडिएका स्थलमार्गका रसुवागढी र तातोपानी नाका कुनै सूचना नै नदिई बन्द गरेको हो। त्यसले गर्दा चीनतर्फका दुवै नाकाबाट आवतजावत बन्द भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार ‘चिनियाँ पक्षले कुनै सूचना नै नदिई नाका बन्द गरेको हो। नेपाली पक्षले चीनतर्फको नाकामा रहनेसँग बुझ्दा कोरोना नै मुख्य कारण रहेको बताएका छन्।’

तातोपानीसँगै चीनले रसुवागढी नाका समेत बन्द गरेको छ। चीनले कोरोना नियन्त्रणको लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात् २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरेको थियो।

पछि आंशिक रुपमा खुल्ला गरे पनि त्यसयता अहिलेसम्म पूर्ण रुपले नाका खोलेको छैन। नेपालबाट निर्यात हुने वस्तुहरु कोभिड सुरु भएयता पूर्णरुपले जान पाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित