Khabar Samachar

अदालतको आदेश लत्याउँदै कर्णालीको पर्यटन मन्त्री शाहीको सपथग्रहण

205
VIEWS

कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतबार उनलाई शपथ खुवाएका हुन्।

गत बिहीबार मन्त्री नियुक्त भएका शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद् हुन्।

यसअघि २०७८ माघ २३ गते सोही मन्त्रीमा नियुक्त भएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि उनको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो।

माओवादी केन्द्रको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई उक्त खाली भएको मन्त्रालयमा कसको नाम पठाउने भन्नेबारे निर्णय गर्ने जिम्मेवारी दिइएको थियो। शाहीले डोल्पाका सांसदलाई सिफारिस गरेका थिए।

बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेपछि उनलाई शुक्रबार नै शपथ खुवाउने तालिका बनाइएको थियो। तर उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशितका कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि उक्त शपथ तालिका रोकिएको थियो।

अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै अधिवक्ता शेरबहादुर केसी समेतले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए। सोही आधारमा बिहीबार मन्त्री नियुक्त भएलगत्तै उच्चले मुख्यमन्त्री र प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित