Khabar Samachar

Search
Close this search box.

इजिप्टको राजधानी कोप्टिकस्थित चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

207
VIEWS

इजिप्टको राजधानी कोप्टिकस्थित चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरूले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरूलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएक छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित