बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएको गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन् ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई अवरोध गरेका हुन् ।हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।
स्थानीयको अवरोधपछि फोहोर बोकेर गएको गाडीहरु लामो लाइन लागेको छ ।उनका अनुसार आज पनि फोहोर विसर्जन गर्न प्रहरी परिचालन गरिएको छ ।
बुधबार साँझ काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच भएकाे छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध हटाउने ४ बुँदे सहमति भएको थियो ।
आजमात्रै काठमाडौंको फोहोर बोकेर आज ६० वटा टिपर बञ्चरेडाँडा गएको छ । काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर बोकेर ६० वटा टिपर ल्याण्डफिल्ड साइटमा हिडेको छ ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा टिपर, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र सामान्तन्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा हिडेको हो ।
























Discussion about this post