Khabar Samachar

वृद्ध सासुलाई कुटिरहेको भिडिओ भाइरल भएपछि बुहारी प्रहरी नियन्त्रणमा

221
VIEWS

अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

‘हामीले सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ । त्यो भिडियो पञ्चदेवल विनायक नगरपालिका– ६ की महिलामाथि उनकै बुहारीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको रहेछ भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक विष्टले अनलाइनखबरसँग भने, ‘अहिले जिल्लाबाट खटाइएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ल्याएपछि थप कुरा खुल्नेछ ।’

प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ ।

भिडिओ पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले पहिलोपटक फेसबुक र युट्युवमा सार्वजनिक गरेका थिए। उनका अनुसार कुटपिट गर्ने वृद्धाकै बुहारी हुन्। 

सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय अछामले चासो दिँदै घटनास्थल पुगेको छ। अछामका डीएसपी नारायण डाँगीका अनुसार कुटपिट गर्ने वृद्धाका बुहारीलाई नियन्त्रणमा लिइएको छ।

‘हामी अहिले उहाँलाई जिल्ला ल्याउँदै छौँ। सदरमुकामबाट घटनास्थल पुग्न हिँडेर २/३ घण्टा लाग्छ,’ उनले भने, ‘भिडिओबारे जानकारी आएपछि घटनाबारे थप बुझ्न नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउँदै छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित