Khabar Samachar

कांग्रेस नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट समानुपातिकमा सिफारिस

205
VIEWS

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ ।

धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए ।

अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए । त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले बताए ।राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका छन् । उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित