नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि उनको नाम सर्वसम्मत सिफारिस भएको हो।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो।
पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
Discussion about this post