Khabar Samachar

Search
Close this search box.

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

201
VIEWS

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ ।

यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ मतदान स्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मतदान स्थलको पुनरावलोकन गरेको छ । आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचनमा मतदानमा सहजताका लागि मतदान स्थलको पुनरावलोकन गरेको हो । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ ।

मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको हो ।

मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित