Khabar Samachar

सन्दीपलाई इन्टरपोलमार्फत झिकाउने तयारी : प्रहरी प्रवक्ता राई

300
VIEWS

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

सन्दीप माथि भदौ ५ गते एक बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार राति गौशाला बृत्तमा उजुरी दर्ता भएको छ ।

उजुरी दर्ताभएसँगै नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

सन्दीप अहिले वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका लागि उतै रहेका छन् ।

उनलाई आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिने प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले भने ‘अहिले उजुरी दर्ता भएको सत्य हो, हाम्रो टिमले अनुसन्धान अघि बढाइसकेको छ ।’

अनुसन्धानका लागि पनि सन्दीपलाई नियन्त्रण लिने प्रवक्ता राईको भनाई छ ।

‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’
प्रवक्ता राईले भने । सहजरुपमा सन्दीप आएमा भने इन्टरपाेल लगाउन नपर्ने उनले बताए ।

साथै उनले राष्ट्रिय टिमको कप्तान जस्तो मान्छे प्रतियोगिता खेल्न विदेश जानु अघि कसरी बाहिर गयो भन्ने एंगलबाट पनि अनुसन्धान हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित