Khabar Samachar

१५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारी संस्थालाई महानगरको ताकेता

261
VIEWS

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ।

 महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो।

साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभागरी प्रतिवेदन काठमाडौं महानगरमा पेश गर्न भनिएको छ।

प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।

काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ।

लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित