Khabar Samachar

Search
Close this search box.

अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ सम्पन्न

204
VIEWS

अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ सम्पन्न भएको छ । सेमिनारको कार्यक्रममा नेपाल मार्सल सेल्फ डिफेन्स संघकी निर्देशक तथा प्रमुख प्रशिक्षक सञ्जु महर्जनले युनिभर्सिटी वर्ल्ड कम्पार्ट मार्सल आर्टसबाट ‘सिक्स्थ डान’ तथा ‘इन्टरनेसनल सेल्फ डिफेन्स किङ अफ दि किङ अवार्ड’ प्राप्त गरेकी छिन् । महर्जन यी उपाधि पहिलो नेपाली आत्मरक्षा प्रशिक्षक हुन् ।सेमिनारका प्रमुख अतिथि अन्तर्राष्ट्रिय आत्मरक्षा तालिमका संस्थापक तथा प्रमुख प्रशिक्षक ‘टेन्थ डान’ (ग्रान्ड मास्टर ) स्टानिला मचरजगले महर्जनलाई उपाधि प्रदान गरेका हुन् । सेमिनारमा भारतका सेल्फ डिफेन्स ग्रान्ड मास्टर जगदिश सिं खत्री पनि ‘सिक्स्थ डान’ प्राप्त गरेका छन् । नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डी.बी. रानापाल, सेल्फ डिफेन्स प्रशिक्षक राधिका ऐरले पनि विभिन्न अवार्ड प्राप्त गरेका छन् ।

सेल्फ डिफेन्स तालिमले आत्मविश्वास बढाउने र हिंसा तथा दुव्र्यवहारबाट जोगिन मद्दत गर्ने भएकोले विशेष गरी महिला, बालिकाहरुले सिक्न जरुरी रहेको अन्तर्राष्ट्रिय आत्मरक्षा तालिमका संस्थापक तथा प्रमुख प्रशिक्षक स्टानिला मचरजगले बताए ।

उनले भने ‘सेल्फ डिफेन्सले आत्म विश्वासी बनाउँछ । दुव्र्यवहारबाट सहज रुपमा जोगिन सकिन्छ । त्यसैले यो तालिम हरकोहीले सिक्न जरुरी छ ।’ सामान्य टेक्निकको लागि एक दिनमा सिक्न सकिने उनको भनाइ छ ।

नेपालमा विद्यालय तहका बालबालिका बढी हिंसाको जोखिममा रहेकोले विभिन्न जिल्लाका बालबालिका विशेष गरी बालिकालाई तालिम दिइरहेको नेपाल मार्सल सेल्फ डिफेन्स संघकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले जानकारी दिइन् ।

नेपाल सेल्फ डिफेन्स संघ अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स संघबाट मान्यता प्राप्त तथा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई २०७२ सालमा स्थापना भएको हो । संघले महिला हिंसा न्यूनीकरणका लागि विभिन्न जिल्लामा गएर किशोरी, बालबालिका तथा महिलाहरूलाई आत्मरक्षा तालिम दिइरहेको छ । अहिलेसम्म ४० हजार बढी बालबालिकालाई आत्मरक्षा तालिम दिइसकेको जनाएको छ ।

सेमिनारमा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, जापानका सेल्फ डिफेन्स प्रशिक्षक योशीयुकी नाकामुरा, नेपाल रिङ रेस्लिङ एशोसिएसनकी सचिव सुवर्ण श्रेष्ठ, नेपाल सेल्फ डिफेन्स संघकी कानुनी सल्लाहाकार बिनिता गुरुङ लगायत विभिन्न क्षेत्रका व्यत्तित्व तथा पत्रकारहरुलाई सम्मान गरेको छ ।

सेमिनारका प्रमुख अतिथि स्टानिला मचरजग तथा प्रशिक्षक जगदिश सिं खत्रीले पोखरामा २६ र २७ गते प्रशिक्षण दिएका थिए । काठमाडौंमा मंगलबार ३२५ जना बालबालिका र बुधबार देशभरका १५० जना प्रशिक्षकलाई तालिम दिएका थिए । अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालय पोल्यान्डमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित