Khabar Samachar

युवा विद्रोहको लहर छ,समयमै सम्बोधन नगरे हामी बढारिन्छौं : बाबुराम भट्टराई

203
VIEWS

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् ।डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ्लाई युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन्।

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’

भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित