Skip to main content

Khabar Samachar

Search
Close this search box.

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काद्वारा काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा

207
VIEWS

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले काठमाडौं क्षेत्र नम्बर २ बाट  प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार एक कार्यक्रमकाबीच खड्काले काठमाडौं क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन्। उनले वर्षौं पुरानो खराब प्रवृत्तिबाट गुज्रिएका पार्टी र नेताहरुभन्दा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पन आह्वान गरेका छन्।

उनले उम्मेदवारी घोषणा गर्दै भने, ‘मैले लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएँ। अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ। त्यसैले तपाईंहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित