Khabar Samachar

चोलेन्द्रकी छोरीले भनिन् : हामीमाथि अत्याचार भयो, जनताको साथ चाहियो

210
VIEWS

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले सरकारले आफूहरुमाथि अत्याचार गरेको बताएकी छन् ।

आइतबार विहानदेखि प्रधानन्यायाधीश जबराको सरकारी निवासमा सरकारले सुरक्षा कडाइ गरेको छ । त्यसबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै छोरी सुनिधीले निवासबाट बाहिर निस्कन र भित्र प्रवेश गर्नसमेत कडाइ गरेको बताइन् ।

आइतबार बेलुकी बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले सञ्चारकर्मीसँग केहीबेर कुरा गरेकी थिइन् । उनले अहिलेको गठवन्धन सरकारले आफूहरुमाथि अन्याय र अत्याचार गरेको बताइन् । घरमा काम गर्ने व्यक्ति बाहिर आउँदा समेत पक्रेर राखिएको उनको भनाइ छ ।

‘परिवारमा भित्र-बाहिर हिँड्दा पनि सोधखोज गर्ने, गाडी खोलेर हेर्ने गरिएको छ । ठूलो अपराध गरेको, मान्छे मारेर लुकाएको जस्तो व्यवहार प्रहरीले गरिरहेको छ,’ सुनिधिले भनिन् ।

उनले नेपाली जनताले के सही र गलत भनेर छुट्याएर आफूहरुलाई न्याय दिन आग्रह गरिन् । ‘देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि हामीलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिनुपर्यो,’ उनले भनिन् । बुवाको स्वास्थ्य स्थिति पनि केही खराब भएको र आफूहरुबीच छलफल नभएको उनले बताइन् ।

‘बाहिरबाट भित्र जान दिइएको छैन, भित्रबाट बाहिर आउन पनि दिइरहेको छैन,’ उनले भनिन्, ‘उहाँहरुलार्ई डर केको हो भन्ने पनि बुझिरहेका छैनौं । आफ्नो अपराध लुकाउनका लागि उहाँलाई दमन गरेर राख्न खोजिएको हो भने रिजल्ट पनि छिट्टै पाउनुहुन्छ ।’
उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरी परिचालन गरिएको बताइन् ।

‘हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ भन्ने कुरा बुझ्न सकेका छैनौं,’ उनले भनिन् । उनले मिडियालाई पनि भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरिन् । उनले नेपाल बारप्रति आक्रोश प्रकट गर्दै कालोकोट लगाएर हिँडेको मान्छे देख्दा पनि नराम्रो लाग्न थालेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित