Khabar Samachar

संविधान दिवस समारोहको रिपोर्टिङमा पत्रकारलाई छिर्न निषेध

202
VIEWS

संविधान दिवसको रिपोर्टिङ गर्न गएका पत्रकारलाई सरकारले गेटमै छेकेको छ ।टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन् । गृहमन्त्रालयलाई जिम्मा दिएको भन्दै सैनिक जवानहरूले पत्रकारलाई गेटमै रोकेका हुन् । उनीहरू केहीबेर कुरेर फर्किएका छन् ।

सरकारी मिडियाकालाई छिर्न दिएपनि निजीलाई बाहिरै रोकिएको नेपाल प्रेसका क्यामेरामेन गौरव पौडेलले बताए । सूचना विभाग, प्रेस रजिष्ट्रार कार्यालयको पास देखाउँदा अवरोध सिर्जना गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित