Khabar Samachar

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

233
VIEWS

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ।

५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी र स्टेज शोमा काम गरिसकेका छन् ।

श्रीवास्तवको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनले करियरको सुरुका दिनमा ५० रुपैया पाउँथे । तर सफलता पाएपछि उनले एउटा शोको ५–१० लाख रुपैयाँ लिने गर्थे ।

राजु सानैदेखि स्टेज शो गर्थे । यसका अलावा उनले धेरै फिल्ममा स–साना भूमिका पनि गरेका छन् । उनी ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’, ‘बिग ब्रदर’, ‘मै प्रेम की दीवानी हूँ’ जस्ता धेरै बलिउड फिल्ममा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित