Khabar Samachar

काठमाडौंभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध

201
VIEWS

काठमाडौं महानगरपालिकाभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ ।

‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।वाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध व्यक्ति, संस्था, कम्पनी र निकायलाई सूचित गरिएको छ । नियम उल्लंघन गरी वाह्य विज्ञापन गरेमा नगर प्ररीहले बन्द गराउने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित