Khabar Samachar

Search
Close this search box.

एमयुएफसी विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्दै

225
VIEWS

एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ ।
सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो ।
सुरुवाती दिनमा सातामा विदाको दिन शनिवार भेला भएर एक आपसमा खेल्ने गर्थे । विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो ।
नैकाप गोल्डकप, सटर्स कप लगायत विभत्र प्रतियोगितामा अनुभव बटुलेको क्लबले गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो ।
समुदायमा हुने विकास निर्माण, जनचेतनामुलक कार्यक्रमहरु, स्वास्थय शिविर,कोभिड १९ बाट प्रभावित व्यक्तिहरुलाई खाना बनाएर खुवाउने, खाद्यात्र वितरण र निशुल्क कोभिड आइसोलेसन सेन्टर चलाएर समेत स्थानीयलाई सहयोग गरेको थियो ।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि आगामी असोज ६ गतेबाट हुने ‘सी’ डिभिजन लिग छनौट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए ।
नेपालका अनुसार एमयुएफसी र विजयचोक युथ क्लब बीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो ।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलका लागि सार्वजनिक गरेको तालिका अनुसार असोज ६ गतेबाट उपत्यकामा सुरु हुने छनौट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ ।
एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।
यी समुहका सबै खेल कार्तिक २४ गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित