Khabar Samachar

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

203
VIEWS

काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् ।

मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका हुन् । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित