Khabar Samachar

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु, अस्पताल भर्ना

202
VIEWS

वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना भएका छन् ।केहीदिनदेखि अस्वस्थ भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार ललितपुरस्थित किष्ट अस्पताल भर्ना भएका हुन् । उनी किष्ट अस्पतालका चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको थिए ।

अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उनको निवासमा पुग्दा बिहीबार भन्दा आज अझै कम्जोर देखिएको र खानपीन पनि छोडेकाले सोही चिकित्सकीय टोलीद्वारा उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, यूरोलोजी, कार्डीयोलोजी, नेफ्रोलोजी) का चिकित्सकहरुले संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो ।

उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेगीं संक्रमण पनि भएकाे अस्पतालले जनाएको छ ।
जोशीलाई हाल अस्पतालको डिलक्स क्याविनमा राखीएता पनि सुक्ष्म निगरानीमा राखिएको अस्पताल निर्देशक प्रा.डा.सुरज बज्रचार्यले बताए ।

उनको अवस्था चिन्ताजनक देखिएता पनि डराईहाल्नु पर्ने स्थिति नरहेको पल्मोनोलोजीष्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा.मिलेस जंगसिजापतीले जानकारी दिए । किष्ट अस्पतालले जोशी रधर्म पत्नी राधा देवी जोशीको सम्पूर्ण स्वास्थ्यको जिम्मेवारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित