Skip to main content

Khabar Samachar

Search
Close this search box.

वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश

209
VIEWS

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् । यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत गएपछि मंगलबारदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्ने भएका हुन् । संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित