Khabar Samachar

सल्यानमा जीप दुर्घटना – २ जनाको घटनास्थलमै मृत्यु , १७ जना घाइते

201
VIEWS

सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

कुमाख गाउँपालिका–७ डुमकोटबाट शारदा नगरपालिका–११ स्थित खैराबाङ मन्दिरको दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ चिसापानीमा नजिकै दुर्घटना परेको प्रहरीले जनाएको छ।

GBLIME

दुर्घटनामा  कुमाख गाउँपालिका–७ का अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया यनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

खैरावाङ मन्दिर नेपालका शक्तिपिठमध्ये एक मानिन्छ। मन्दिरमा दशैंको अवसरमा विशेष पूजाआरधना लाग्ने गर्दछ। मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वासका कारण दशैंमा सल्यान र छिमेकी आसपासका जिल्लाहरुबाट भक्तालुजनहरु खैरावाङ पुग्ने गर्दछन्।

चार दिनअघि मात्र सल्यानको मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थल र १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित