नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इष्र्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।’ओलीले भने– ‘निर्वाचन आयोगमा बुझाएको माधव नेपालको लिष्टमा रहेका साथीहरु पार्टीमा फर्केर आउनुस् । कोही ब्यक्तिको कुण्ठा र ईर्ष्याका लागि तपाई हामीले बनाएको पार्टी नछोड्नुस् ।’ उनले एमाले सबैले दुःख गरेर बनाएको पार्टी रहेको र फेरि पनि ठूलो पार्टीका रुपमा अघि बढ्ने बताए । उनले भ्रममा परेर नेता नेपालको लिष्टमा परेका नेताहरुलाई निसंकोच पार्टीमा फर्कन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय