Skip to main content

Khabar Samachar

Search
Close this search box.

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

211
VIEWS

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्। चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन्।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडरभित्र कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित