Karuna Kc
तिम्राे ढाेका ढकढकाई रहे
नजान्दा तिम्राे ढाेका ढकढकाई रहे
आशैआशले तिमीलाई चिहाई रहे
पुर्णता थिएन ममा
तिम्रै साथमा जीवन पाईरहे
अनगिन्ती सपनाहरु दिलमा सजाईरहे
कमजाेरीहरुमा तिम्राे ढाडस पाईरहे
म शब्द तिमी सरगम
मिठाे साथ पाई रहे
सधै सधै तिमीमानै
परिवर्तन चाहि रहे
तर म फिटिक्कै परिवर्तन हुन चाहिन,
म सदाबाहर उहीँ रूप रंग मा ढालिन‌ै रहे,
तिम्रो सुख दःख मा हात थामिनै रहे,
कमि के रहे पत्तो पाउन सकिन,
न मरन नै सके न बान्चनै नत जहर पिउन,
दिक्दार असन्तुष्टि उराठ यो जिन्दगी ,
खडेरिले खाको खर हनुपुग‍ो,
थाहा छैन कतिबेला कुनि कस्को
हातमा पर्छ सलाईको त्यो काटि ,
र सखापहुन्छ रचियका काहानि र
बचेकुचेका आशा र भरोसा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय