Khabar Samachar

Search
Close this search box.

काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंहले गरे उम्मेदवारी दर्ता

209
VIEWS

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्।

उनले आज निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्।

सिंह कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

उनले पत्रकारहरूसँग कुराकानी गर्दै जनताका समस्या समाधान गर्नका लागि आफूहरूले काम गर्ने बताएका छन्।

उनले संघीयता बलियो बनाउन भूमिका खेल्ने पनि बताए।

‘देशमा रहेका विकृति हटाउन हामी आफैँ अगाडि सर्नुपर्छ,’ उनले भने। उनले पाँच वर्षअघि भन्दा काठमाडौंको क्षेत्र नम्बर १ मा सडक कालोपत्रलगायत गरिएको दाबी गरेका थिए।

उनले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि काम गर्ने बताएका थिए। २०७४ मा पनि सिंह यो क्षेत्रबाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित