Khabar Samachar

ओनसरी घर्तीलाई जिताउने जिम्मा क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको हो – पूर्वसांसद दिपक कुइँकेल

271
VIEWS

नेपाली कांग्रेसका नेता पूर्वसांसद दिपक कुइँकेलले काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरुले लिने बताएका छन्। ओनसरी माओवादीको मात्रै नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको हुनाले भोट हाल्न अनुरोध गरे ।

शनिबार तिनकुनेको ताज ब्यन्केटमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्रै नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए।

कुइँकेलले घर्ती जस्तो राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु कुइँकेलले काठमाडौं २ का मतदाताका लागि खुसीको कुरा भएको उनले बताए। ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ। उहाँलाई जिताउने जिम्मा हाम्रो हो। काठमाडौं २ का कांग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो।

संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको हुनाले पनि उहालाई जिताउन जरुरी छ ।

सो अबसरमा बोल्दै पूर्वसभामुख ओनसरी घर्तीले आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाडौं २ का लागि पाँच वर्ष दिने बताइन्। उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित