नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ नारासहित चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। सिंहले आफ्नो प्रतिवद्धता पत्रमा प्रतिनिधिसभामा उपस्थित रही जनता र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, नीतिगतरुपमा विधायन कार्यमा सक्रियातापूर्वक जनताको हित अनुकूल कानून बनाउने, संवैधानिक सर्वोच्चता कायम गर्दै सविधानका माथि उल्लेखित चार खम्बालाई मजबुत पार्ने, संघबाट प्राप्त हुने रोजगारी, सेवा, सुविधालाई पारदर्शीरुपमा कसैप्रति विभेद नहने गरी स्वस्थ प्रतिस्पर्धाको आधारमा उपलब्ध गराउने, गत पाँच वर्षमा गर्न नसकिएको निजामती कर्मचारी र प्रहरी समायोजन, नागरिकता, शिक्षा, स्वास्थ्यसम्बन्धी अत्यावश्यक विधेयकहरुलाई समयतालिका बनाई पारित गर्न प्रयत्नशील रहने, अर्थतन्त्रका लागि आवश्यक पर्ने कानून निर्माण गर्न लागी पर्ने, सुशासन, सदाचारको पक्षमा अडिग रहने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने, महिलालाई सशक्तिकरण गर्न सीपमूलक तालिमको व्यवस्था गर्नेलगायत उल्लेख गरेका छन्।
त्यसक्रममा सिंहले ‘सिंहदरबारको अधिकार गाउँमा’ पुर्याउने स्लोगनका आधारमा वर्तमान गठबन्धनले काम गर्ने बताए।
उनले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गठबन्धनकै तर्फबाट संविधानलाई ट्र्याकमा लाने, संविधानलाई कार्यान्वयन गर्ने लगायतका काम हुने दाबी गरे।
Discussion about this post