Khabar Samachar

तनहुँको दमौली बजारमा आगलागी

210
VIEWS

तनहुँको दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन  सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित