Khabar Samachar

टिकट नपाउनेलाई संवैधानिक र राजनीतिक नियुक्ति दिइने गठबन्धनका शीर्ष नेताको आश्वासन

202
VIEWS

सत्ता गठबन्धनका शीर्ष नेताहरूले टिकट नपाएर असन्तुष्ट भएकाहरूलाई फकाउँदै चुनाव जितेर बहुमतको सरकार बनेपछि राजदूत, संवैधानिक अंग लगायतका राजनीतिक नियुक्तिहरूमा अवसर दिइने आश्वासन बाँडेका छन् ।

विराटनगरमा शनिवार प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरूले पहिले चुनावमा एमालेलाई हराउने र त्यसपछि टिकटबाट वञ्चित भएकाहरू सबैलाई अवसर दिइने बताए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश १ मा गठबन्धनलाई चुनाव जिताएर केपी ओलीलाई जवाफ दिनुपर्ने भएकाले कुनै असन्तुष्टि नराख्न निर्देशन दिए ।

कांग्रेसका धेरै नेताहरू टिकट नपाएर असन्तुष्ट भएकोतर्फ संकेत गर्दै उनले चुनावपछि राष्ट्रियसभा लगायत राजनीतिक नियुक्ति दिइने बताए ।

सोही भेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने- म कांग्रेस लगायत गठबन्धन भित्रका दलका सबै साथीहरूलाई अपिल गर्न चाहन्छु,गठबन्धनले जितेर हाम्रो सरकार बन्यो भने तपाईँहरू सबैलाई अवसर नै अवसर हुन्छन् । अहिले टिकट नपाएका वा भनेजस्तो नपाएर मन खुम्चिएका साथीहरूलाई पनि भोलि बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन् । संवैधानिक नियुक्ति,राजदूतहरू के के हुन्छन् त्यहाँ अवसर हुन्छ । हारियो भने हामी सबैको हालत खराब हुन्छ ।

प्रचण्डले असन्तुष्ट कार्यकर्तालाई हौस्याउँदै अहिले टिकट पाउनेभन्दा नपाउनेले भविष्यमा राम्रो मौका पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित