Khabar Samachar

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

207
VIEWS

भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका छन् ।

“छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित